Close This

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थप कडाइकासाथ गस्ती परिचालन: तीन हजार बढी मानिस पक्राउ 

आइतबार असोज ४, २०७७/ Sunday 09-20-20
इन्दु धामी 

कञ्चनपुर ,४ असोज । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र पछिल्लो लकडाउन अवधिमा सुरक्षामा चुनौती बढेकोे छ । निकुञ्जमा हुने चोरी तस्करी लगायतका गैरकानुनी कार्य बढ्न थालेपछि निकुञ्जले  थप कडाइसाथ जंगलमा गस्ती परिचालन गरेको हो ।
निकुञ्ज कार्यालयका अनुसार लकडाउन पछिमात्रै निकुञ्ज भित्र पसेर गेकानुनी कार्य गर्ने ३ हजार बढी मानिस प्रक्राउ परेका छन् । यस्तै साउन यता पनि निकुञ्ज भित्र पसेर गैरकानुनी गर्ने मानिसलाई निकुञ्ज कार्यालयले ८ ओटा मुद्धा लगाएको छ । प्राकृतिक रुपले निकै सुन्दर र बाह्रसिङ्गाको झुण्डको नामले परिचित शुक्लाफाँटमा लकडाउनका केही महिना यताबाट निकुञ्जको सुरक्षामा अलि बढी चुनोती थपिएको  छ ।
 निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार कोभिडका कारण भएको लकडाउन र लकडाउन पछिको समयमा पनि मानिसहरुको आवागमन सहज नभए लगायत कुराहरुले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको छ । 
यस्तै प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार निकुञ्ज वरिपरि मानव बस्तीले घेरिएकोले पनि निकुञ्जको सुरक्षामा थप चुनौती आएको छ । “निकुञ्जको वरिपरि गाउँ बस्तीले घेरिएको छ, दक्षिण तिर भारतको सीमाना पर्ने गर्छ यस्तै निकुञ्जको क्षेत्रफल पनि सानो छ र निकुञ्ज आसपासमा भएका जंगल पनि साना छन् ।” प्रमुख संरक्षण अधिकृत लक्षमण पौड्यालले भने, “ यसले गर्दा खेरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा काठ चोरी तस्करी लगायतका घटना बढेको अवस्था छ ।” निकुञ्जमा विशेष गरेर साउन महिना यता केही बढी सुरक्षामा चुनौती थपिएको उनले बताए । 
यस्तै निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रको सुरक्षामा चुनौती बढेपछि निकुञ्ज क्षेत्रको सुरक्षमा बढवा दिएको छ । निकुञ्ज कार्यालयले निकुञ्ज भित्र ३० ओटा जासुसी कयामेरा समेत जडान गरेको छ । 

गस्ती बढाउदै सेना 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले निकुञ्जमा सुरक्षा चुनौती बढेपछि गस्ती बढाएको छ । निकुञ्ज भित्र हुने गस्ती हरुलाई विभिन्न समयमा दोब्बर तथा तेब्बर गरिएको छ । कोविडको समयमा सुरक्षा चुनौती बढेपनि सेनाले भने रातीको समयमा पनि गस्ती बढाएको छ । निकुञ्ज भित्र पसेर काठ दाउरा चोरी गर्ने, शिकार गर्ने, वन्यजन्तु तस्करी गर्ने, माछा मार्ने, घाँस काट्ने लगायत विभिन्न कार्यहरुमा संगल्नलाई सेनाले विभिन्न समयमा प्रकाउ गरेर निकुञ्ज कार्यालयलाई समेत बुझाउने गरेको छ । देवीदल गणका गणपति सुनिल कुमार मल्लले विशेष गरेर कोविड पछि निकुञ्जको सुरक्षामा चुनौती देखिएको बताए । उनका अनुसार कोविड पछि मानिस फुसर्दिलो र बेरोजगार भएको कारण निकुञ्जको सुरक्षामा बढी खतरा आएको हो । 

No description available.
“हामीले गस्ती गर्ने अरु समय भन्दा अहिलेको अवस्थामा गस्ती अझ बढी तथा गस्तीलाई बढवा दिएका छौ ।” देविदल गणका गणपति सुनिल कुमार मल्लले भने, निकुञ्ज भित्र राती र दिउँसो गरेर दर्जन बढी गस्ती उकेसाथ हुने गरेको छ ।” सेना र निकुञ्जको सहकार्यमा निकुञ्ज क्षेत्र पैदल गस्ती, भेकल गस्ती, साइकल गस्ती लगायत हात्तीमा समेत गस्ती गर्ने गरेको उनले बताए ।

No description available.  

निकुञ्जले अन्तराष्ट्रिय सीमानालाई पनि छोएको हुँदा अरु गस्ती असहज भएको खण्डमा अन्तराष्ट्रिय सीमा क्षेत्रमा सेनाले बढी जसो हात्तीबाट समेत गस्ती गर्ने गरेको छ । निकुञ्ज क्षेत्रमा हाल सम्म सेना र निकुञ्ज कार्यालयको गरेर निकुञ्जको सुरक्षाको लागि ३२ ओटा वन्यजन्तु सुरक्षा पोस्ट हरु राखिएको छन् ।

No description available.