अमेरिकाबाट नेपाली काँग्रेसका नेता बिष्णु शाहद्धारा एक लाख रुपैया सहयोग
धनगढी, १८ मंसिर ।
ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा अमेरिकाबाट नेपाली काँग्रेसका नेता तथा युवा व्यवसायी बिष्णु शाहले एक लाख एक सय ११ रुपैया सहयोग गरेका छन् ।
अछामको दर्ना स्थायी घर भएका शाहको परिवारको टीकापुरमा बसोबास छ । शाह भने अमेरिकामा बस्दै आएका छन् ।शाहले अमेरिकाबाट टीकापुरमा शव बाहन खरीदका लागि आर्थिक संकलन अभियान जारी रहेको जानकारी पाएपछि स्वस्फूर्त रुपमा एक लाख एक सय ११ सहयोग गरेका हुन् ।
महेन्द्र बहुमुखी क्याम्पस नेपाल गञ्जका स्वबियु सभापति रहिसकेका शाह जन सम्पर्क समिति र एनआरएनए अमेरिकाका नेता समेत हुन्।
नेपाली काङ्ग्रेसका युवा नेता शाह नेपाली काङ्ग्रेसको प्रवासमा संगठन बिस्तारमा सक्रिय छन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्फूर्त ढंगले देश विदेशबाट तिब्र रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।
अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया शव बाहनका लागि जम्मा गरेको छ । हालसम्म १२ लाख रुपैया संकलन भईसकेको छ ।
अभियानको अगुवा टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले चार दिनमा प्राप्त सहयोग र प्रतिबद्धताले आफूहरु अत्यन्त उत्साही भएको बताए ।
तपाईको प्रतिक्रिया