Close This

कोरोना कहरले सञ्चार क्षेत्रमा असर

मंगलबार पौष ७, २०७७/ Tuesday 12-22-20
Paschim Today

धनगढी, ७ पुस ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण सञ्चार क्षेत्रमा ठूलो असर पुगेको सरोकारवाला निकायले बताएका छन् । 
कोभिड–१९ को कारण सञ्चार क्षेत्रमा पारेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिकिकरण र छलफल कार्यक्रममा  उनीहरुले यस्तो बताएका हुन् । कोरोनाको यस बिषम परिस्थितिका कारण पत्रकारले आफ्नो पेशासमेत गुमाउनु पर्ने स्थिति आएको उनीहरुले बताएका हुन । 
नागरिकलाई सुसूचित गर्ने सञ्चार माध्यमनै समस्यामा पर्नु एकदमै चिन्ताको बिषय रहेको उनीहरुले बताए । कोभिडले गर्दा धेरैले आफ्नो पेशाबाट पलायन हुनुपर्ने अवस्था आएकोमा  यो चिन्ताको बिषय भएको उनीहरुको भनाइ छ ।
सुदूरपश्चिममा हालसम्म  क्रियाशिल पत्रकारको संख्या ८६८ जना रहेका छन् । जसमा १३८ महिला ५६० जना पुरुष रहेका छन् । जसमा प्राविधिक १७० जना रहेको २०७७ को अध्ययन प्रतिवेदनले देखाएको छ । 
धेरै सञ्चार माध्यमले कोरोनाको समयमा पत्रकारलाई बेतलबी बिदा दिने, कामबाट निकाल्ने, पारश्रमिक समयमै नदिने जस्ता कार्य गरेपछि धेरै पत्रकार पेशाबाटै पलायन भएको नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष अर्जुन शाहले बताए । उनले ९ ओटै जिल्लाका क्रियाशिल पत्रकारकाबिचमा गरिएको सर्वेक्षणमा ९० प्रतिशतले अझै पनि समयमै नपाएको बताए । 
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा बातावरणमन्त्री  माया भट्टले राज्यको चौथो अंगको रुपमा रहेको मिडियाले जनतालाई सुसूचित गर्नुका साथै यसले लुकेर बसेका समस्याहरुलाई पनि उजागर गर्ने गरेका बताइन  । 
प्रदेश सभा सदस्य पूर्णा जोशीले कोभिड–१९ ले आर्थिक, सामाजिक, सांस्कृतिक तथा सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको अवस्थामा मिडियाको ठूलो भूमिका रहेको बताइन् । 
सुदूरपश्चिम प्रदेशका न्यायाधिवक्ता कुलानन्द उपाध्यायले संविधान प्रदत मौलिक अधिकारमा कोभिड–१९ ले सबैभन्दा बढी प्रभाव पारेको बताए । उनले पत्रकार जगतलाई पहिलो प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्र्यक्रम ल्याउनु पर्ने बताए । यसका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।