सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिदै, धामी र लामालाई मन्त्री बनाईने

शनिबार माघ १०, २०७७/ Saturday 01-23-21
Paschim Today

धनगढी, १० माघ । मन्त्री बिहीन रहेका सुदूरपश्चिम प्रदेश सरकारमा दुई वटा मन्त्रालयमा यो साता मन्त्री नियुक्त हुने भएका छन् ।

प्रदेश सभामा बहुमत रहेको नेकपाले भौतिक पूर्बाधार विकास मन्त्रीमा तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रीमा मान बहादुर धामी सन्तोषलाई नियुक्त गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार नेकपा संसदीय दलको बैठकले दुईटै पदको टुंगो भोलि लगाउने बतायो । सुदूरपश्चिम सभामा नेकपाका तर्फबाट मन्त्रीका आकांक्षी धेरै सांसद भएका कारण हालसम्म ती मन्त्रालयमा मन्त्रीको नियुक्ती हुन सकेको थिएन ।

रिक्त रहेका दुईटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री त्रिलोचन भट्टले निर्बाह गरिरहेका छन् ।
नेकपाले सुदूरपश्चिममा आफ्ना सासदहरुलाई जोगाउन प्रदेश सरकारमा मन्त्रालय र मन्त्रीको संख्या थप्ने तयारी गरेको छ ।
मन्त्रालय फोडेर मन्त्रीको संख्या थप्ने विषयमा समेत पार्टीमा छलफल भएको एक नेताले पश्चिम टुडेलाई बताए ।
त्यसका साथै राज्यमन्त्रीको संख्या समेत थप गरिने भएको छ । यद्दपि मन्त्रालय फोड्ने विषयमा भने सहमती जुटिसकेको छैन । मन्त्री र राज्य मन्त्रीको संख्या ११ पु¥याउने नेकपाको तयारी छ ।