Close This

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

आइतबार फागुन २, २०७७/ Sunday 02-14-21
Paschim Today

धनगढी, २ माघ । कैलालीको गौरीगंगामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँ भन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कैलालीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने  गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरबीचको जंगलमा शनिवार साँझ करीव ७ बजे बयस्क बाघ देखिएको  थियो ।

यसअघि शुक्रवार बिहान बाघको आक्रमणबाट कैलारी गाउँपालिका ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरी घाईते भएका थिए ।बिबाहको प्रयोजनका लागि सालको पात टिप्न गएका बेला चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।आक्रमणबाट घाईते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।