जन्मदिनमा मदनकृष्णको ‘जन्मदिन’ गीत सार्वजनिक
सोमबार बैशाख ६, २०७८/ Monday 04-19-21
Paschim Today

काठमाडौँ,६ बैशाख । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनकै दिन उनले गाएको गीत सार्वजनिक भएको छ । नेपालयको पलेटी मार्फत् सार्वजनिक भएकाे यो गीतमार्फत् उनले आफ्नी दिवङ्गत पत्नीलाई सम्झिएका छन् ।उनलाई श्रीमतीले जन्मदिन सम्झाएकी थिइन् ।
कुरा २०२७/०२८ सालतिरको हो, तन्नेरी जोस पनि थियो । उनले जन्मदिनको गीत लेखेर तयार गरे । गीतलाई नेपालयको पलेटी कार्यक्रममा प्रस्तुत पनि गरे ।
सोही गीत नै आज पलेटी युट्युब च्यानलमार्फत् अपलोड गरिएको छ । मदनले लेखेको र संगीत भरेको गीतमा उनले नै गाएका छन् ।केही समय पार्किन्सन्स रोगले थालिएका उनी पछिल्लो समय सक्रिय देखिएका छन् ।
तपाईको प्रतिक्रिया