फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै धनगढीका एक जना प्रहरीको नियन्त्रणमा

बुधबार बैशाख २२, २०७८/ Wednesday 05-05-21
Paschim Today

धनगढी,२२ बैशाख । सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै धनगढीका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै तेज खड्कालाई नियन्त्रणमा लिइएको हो।उनले फेसबुकमा औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए।

उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।