Close This

आमा गुमाएर पनि गीत गाइरहेका कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिए

शनिबार श्रावण ९, २०७८/ Saturday 07-24-21
Paschim Today

रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए ।

राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।  

उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए । शुक्रबारको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए ।