Close This

सुदूरपश्चिम प्रदेशमा फार्मेसी विषयको पढाई किन जरुरी छ ?

मंगलबार भदौ १, २०७८/ Tuesday 08-17-21
दीर्घराज जोशी

नेपाल जस्तो विकासोन्मुख देशहरूमा आज पनि फार्मासिस्टक भूमिका त्यति स्थापित भइसकेको छैनन् ।हुन पनि नेपालमा स्थापित फार्मेसी पेशाको पनि त्यति लामो इतिहास छैन । तर पछिल्लो तीन दशकमा धेरै परिवर्तन भएका छन् । देशभित्रै दर्जनौँ औषधि कम्पनीहरू सञ्चालित छन् ।

नेपालमा पहिलो पटक फार्मेसी विषयको प्रमाणपत्र तहको पढाई सुरु त्रिविको माहाराजगंज मेडिकल क्याम्पसले सन् १९७२ मा गरेको हो । त्यसपछि स्नातक को पढाई पनि सुरु भयो । पछि सिटिईभिटिले तीन वर्षे डिप्लोमा ईन फार्मेसी पढाउन सुरु गरे सँगै त्रिविले आफ्नो प्रवीणतापत्र तहको पढाई हटायो ।

हाल त्रिवि सँगै पोखरा, पूर्वाञ्चल र काठमाडौँ विश्वविद्यालय फार्मेसीको पढाई भइरहेको छ । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी विश्वविद्यालय पनि फार्मेसी पढाई सुरु हुँदैछ । यति सबै भइरहँदा पनि हालसम्म सुदूरपश्चिम प्रदेशमा एउटा पनि फार्मेसीमा स्नातक तह पढाई हुने कुनै क्याम्पस छैन।

थोरै प्रवीणता तहका जनशक्तिहरू भगेश्वर एकेडेमी र फारवेष्टस्कूल अफ मेडिसिनले उत्पादन गरिरहेका छन् । आफ्नै ठाउँमा पढाई नहुँदा देशका अन्य सहर, भारत, पाकिस्तान, वंलादेश र अन्य मुलुक गई पढ्न बाध्य छन् । सुपविश्वविधालय खुलेको पनि १० वर्ष भइसक्यो तर पनि यो अवधिमा स्वास्थ्य सँग सम्बन्धित सङ्कायहरू सञ्चालित भएनन्।

हाम्रो कमजोरी कहाँ होला ? कि हामीले बजारमा कुन जन शक्तिका खाँचो छ ? आदी कुराको अध्ययन नै गर्दैनौ ।  हालको चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कोटा अनुसार ९०२ जनाले यो वर्ष स्नातक तहको फार्मेसी विषय पढ्न पाउनेछन्। तर पढ्नलाई विदेश जानेको संख्या त्यो भन्दा कम छैन।अब हामीले अबेर नगरौँ। सुप विश्व विद्यालय वा गेटा मेडिकल कलेजले जति सक्यो चाँडो फार्मेसीमा स्नातक, स्नातकोत्तर, र विद्यावारिधि सम्मको पढाई सुरु गर्न ढिलो नगरौँ। हाम्रा हजारौँ युवा वैज्ञानिक विदेशमा छन्।

राम्रो अनुसन्धानको वातावरण सहित सञ्चालन गर्न सके होनहार,विश्वस्तरीय अध्ययन अनुसन्धान गरेका शैक्षिक जनशक्ति सुदूरपश्चिममा आउनेछन् । समग्र नेपालका लागि पनि निकट भविष्यमा अनुसन्धान सहितको अग्रणी स्थानमा हामी रहनेछौ । हामी दुई ठुला देशहरूको बीचमा स्थित छौँ । यो हाम्रा लागि ठूलो सौभाग्य हो । हामीले विश्वस्त गरी शैक्षिक संस्था बनाउन सके लाखौँ विद्यार्थिहरु चीन र भारत बाट नेपालमा अध्ययनका लागि आउनेछन् । हामीले गरिबी जित्नु छ र निकट भविष्य मैदाता राष्ट्र बन्नु छ। जसका लागि आजै नेपाललाई शैक्षिक गन्तव्य बनाउन मार्गमा लागौँ।

फार्मेसीमा मात्र पनि हामीले थुप्रैको र्सहरु चलाउन सक्छौ । एलोपेथिक फार्मेसी, भेटेरिनरीफार्मेसि, आयुर्वेदिक फार्मेसी लगायत सँगै त्यो भित्रका दर्जनौँ हाँगाहरूमा स्नातकोत्तर तथा पिएचडी पढाई र अनुसन्धान केवल देश मात्रै हैन पुरै विश्व लाभान्वित हुनेछ। सुपका अनेकौँ जडीबुटीमाथिको अनुसन्धान अझै हुन सकेको छैन। यीनैको हर्वल फर्मुलेसन बनाई स्वस्थ समाज सँगै देश विकासमा टेवा पुग्ने कुरा हामीले भुल्नु हुँदैन ।

कैयौँ हाम्रा स्वास्थ्य संस्थामा फार्मेसी दरबन्दी नै छैनन्। भकाएकोमा पनि पूर्ति हुन सकेको छैन। सबैभन्दा ठुला हिस्सा भनिएको सामुदायिक फार्मेसी हो । त्यसको काम धेरै नै बाँकी छ । यी सबैका लागि फार्मेसी पढाई सुरु हुनपर्‍यो ।तब जनशक्ति हुनेछ र यिनैले त्यो सबै पूर्ति गर्दै स्वस्थ, सुखी र सम्पन्न नेपालको मार्ग चित्रलाई स्थापित गदै विश्व कल्याणमा अग्रसर हुनेछ ।

थोरै भौतिक संरचना, अनुसंधानको उपकरण र जनशक्ति व्यवस्थापन गर्न सके वर्ष दिनमै सञ्चालनमा ल्याउन केहीले रोकेको छैन। अब यो बाटोमा सबै लागौँ ंर आ आफ्नो ठाँटबाट भूमिका निर्वाह गरौँ । सुपबाट म लगायत दर्जनौँ युवा वैज्ञानिक उच्च शिक्षा र अनुसन्धानका लागि विदेशका विश्वस्त गरी प्रयोगशालामा सिकेको आफ्नो सीप, दक्षता, अध्ययन, अनुसन्धान देशका लागि समर्पण गर्न हरदम तयारी अवस्थामा छौँ । अग्रज गुरुहरू, विश्व विद्यालय हाँकिरहेका पदाधिकारीहरू, राजनीतिक अगुवाइहरूमा एक अध्येताको विनम्र अनुरोध छ । जोडिऔँ देश बनाउन र हाम्रा अनुसन्धानले विश्वलाई नै योगदान दिऔँ ।

(लेखक  जोशी हाल औषधीय रसायन विज्ञानमा दक्षिण कोरियाको प्रतिष्ठित यन्से विश्वविद्यालयमा गोलोवललिड र स्कलरसिप सहित विद्यावारिधि गरिरहेका छन् ।)