Close This

गौरा पर्व विशेष

आइतबार भदौ १३, २०७८/ Sunday 08-29-21
पवनकुमार भट्ट

बाघझो बलियो होईझे, स्याल झो चलाक होईझे, केलाको झो थुम थमाए, दुबाको जसो चौड हाईझो, हिमालको हिउ छनज्या समुन्द्रको पानी छनज्या आकाश तारा रनज्या सम्म बाचिरए, जोलिखाट सिन पाए, जोला पुत पाल्न पाए, जोला गाई दुन पाए, मुहानको पानि खाए, सुन्दर चेली ब्यागरे, काममा सफलता पाए, बेरोजगार भया जागिर पाए जागिरे भया बडुवा पाए, लाख बर्ष बाचिरए, दशैको जोरो, दुत्याको चिउडो, गोराको बिरुडो तेरा शिरैन बर्षै बर्ष पडोईरौं...................................।

सुदूरपश्चिमको महान चाड गौरा पर्वको हार्दिक सुभकामना । कर्णाली प्रदेशका केहि स्थानमा र सुदूरपश्चिममा बडो हर्षोल्लासका साथ गौरा पर्ब मनाईदै छ । भाद्र महिनाको सुरुवातसंगै गौरापर्वको तयारी गरिने भएतापनि बिशेष तयारी भने भाद्र चौथीका दिन गहु, गहत, केराउ (क्लौ) गुरास र मास जस्ता पञ्च अनाज (स्थानीय भाषामा बिरुडा) लाई खोजेर केलाई एक ठाउमा जम्मा गरिन्छ । पञ्चमीलाई स्थानीय भाषामा बिरुडा पञ्चमीको नामले पनि चिनिन्छ । भाद्र पञ्चमीका दिन यस क्षेत्रका महिलाहरु सार्बजनिक स्थल पधेरो, धारा वा गौरा घर (गौरा देविलाई राख्नका लागि बनाईएको स्थायी पक्की घर) मा जम्मा भएर तामाको ठुलो भाडो चर वा बाटामा (पराद) बिरुडा भिजाईन्छ ।

षष्ठीका दिन देबी देवताको गितहरु गाउदै, डेउडा खेल्दै महिलाहरु सामुहिक रुपमा पधेरोमा गई बिरुडा धुने काम गर्दछन । अविवाहित युवतीहरु खेतमा गई धानको सावा, दुर्वो, कुर्जो फूल आदि संकलन गरी गौरा देवीको मुर्ति बनाई उक्त मुर्तिलाई लुगा लगाइ, सृङगार पटार गरी बिरुडा धुने ठाउ पधेरो वा धारामा ल्याई सजाएर राख्छन । जस्लाई धाराखाईकि गोरा वा नानी गोराको नामले पनि चिनिन्छ । त्यस पछि महिलाहरुले बिरुडा धोई उक्त धानको सावाबाट बनाईएको गौरादेवीको मुर्तिमा पूजा अर्चना गर्दछन । गौराको गित गाउदै नाचदै बिरुडा धोएर घर फर्कि खाना खाने चलन छ ।

गौरापर्वमा सप्तमीको दिनको ठूलो महत्व छ । यस दिन प्राय जसो गौराका लागि बैदेसिक रोजगारमा गएका तथा स्वदेसमै पनि रोजगारीको लागि घर बाहिर रहेका आफन्तजन घर आईपुग्ने चलन छ भने चेली, बहिनीहरु  पनि यस दिन माईत आउने चलन छ । षष्ठीका दिन धानको सावाबाट तयार पारिएको गौरादेवी जस्तै यस दिन बेलुका पनि छोरी बहिनीहरु धान खेतमागई धानको सावा निकालेर डालो (निङलाबाट बुनेर बनाईएको एक प्रकारको अन्न राख्ने भाडो) मा राखी गौरादेवी बनाउछन । सप्तमीको साझ धुमधामका साथ बाजागाजा सहित नाच्दै गाउदै खेतमा गौरादेवी तयार गरी गो¥या घरमा भित्र्याईन्छ ।

यसलाई ठूली गौराको नामले पनि चिनिन्छ । गौरालाई ब्राह्मणले पंचगब्यबाट अवषेक गरेपछि बिधिवत रुपमा मन्त्रोचारण गरी ब्राह्मण मार्फत महिलाले गौरादेवीको पुजा गर्छन । गौरा देवीलाई महिलाले प्रयोग गर्ने सम्पूर्ण सामग्री चुरा, सिन्दुर, पोते, चोलो, साडी आदि पहिराईन्छ । ब्राह्मणले महादेवको मुर्ति बनाई त्यसलाई महेश्वरका नामले पुकारि गौरादेवीसंगै राखि पूजा गरिन्छ । गौरदेवीको पूजा गरी सकेपछि प्रत्येक महिलाले आफ्नो सामुन्नेमा दुईवटा दुना वा टपरीमा एउटामा दुध र अर्कोमा गाईको गहुत राखि पहिले देवतालाई र पछि आफ्नो जिउमा चढाउछन । यसरी गाईको दुध र गहुतले कुण्ड नुहाउनाले बिभिन्न प्रकारका रोगलाग्नबाट बच्न सकिन्छ भन्ने जनबिश्वास रहि आएको छ ।

अष्टमीका दिन महिला बिप्याकुरो (अपामार्ग) ले स्नान गर्दछन । बिहानीपख राम्रा राम्रा लुगा र गर गहनामा सजिएका महिला पानि समेत नखाई नाच्दै गाउदै गो¥याखला तिर लाग्दछन । गो¥या खलामा जादा नया नया दुलहीलाई गोरा र महेश्वर बोक्ने तथा नचाउने अवसर दिईन्छ । गो¥याखलामा पुगे पछि दिनभरी महिलाहरु गोलो घेरामा उभिएर देवी देवताका गित, दिदी बहिनीको भाई प्रतिको प्रेम, गरिबीले गाउ समाजमा झेल्नु परेका समस्या  तथा सासू, बुहारी र नन्दको बिचका कुरालाई गितको माध्यमबाट दिनभरी उभीएर गाई रहन्छ जसलाई स्थानीय भाषामा अठयावालि पाडने भनिन्छ ।

महिलाहरुले पञ्चमीको दिन देखिनै बिभिन्न प्रकारका फल फूल गौरादेवीमा पूजा गर्दा चढाएका हुन्छन । त्यस दिनपनि अठ्यावालि पाडदाको समयमा फल फूल चडाईन्छ भने अक्षताको रुपमा त्यस दिन पञ्चमीकै दिन भिजाएका र षष्ठीका दिन धोएका बिरुडा पञ्च अनाजकोनै प्रयोग गरिन्छ । दिनभरी गौरादेवीको कथा वाचन गरिसकेपछि त्यहा जम्मा भएका बिरुडा र फलफूल एउटा तन्नामा राखि दुईजना पुरुषले जोडसंग आकाश तिर फालिदिने र आकाशमा फालिएको फल समात्नका लागि महिलाहरुमा हान थाप हुने गर्दछ । यस्लाई स्थानीय भाषामा फल फट्काउने पनि भनिन्छ । यो फल आकाश तिर फाल्ने क्रम पाँच वा सात पटक सम्म हुन्छ । यसरी आकाशमा फालिएको फल महिलाहरु आफ्नो कोल्टोमा पार्न निक्कै संघर्ष गर्दछन ।

जस्को कोल्टोमा बढी र राम्रो फल  प¥यो उस्का लागि यो बर्ष शुभ हुन्छ भन्ने मान्यता एकातिर छ भने  अर्कोतिर नया दुलहीको कोल्टोमा परेका फलको आधारमा भाग्य परिक्षणको घडिका रुपमा पनि यसलाई लिईन्छ । फल प्राप्त गरी सकेपछि सप्तमीका दिन गौरामा चढाएको दुग धागो  (रातो, कालो तथा पहेलो धागोबाट बनाईएको एक प्रकारको महिलाले गालामा लगाउने डोरी) सबै बर्तालु महिलाले लगाउछन । यत्तिकैमा दमाहा, झ्याली तथा बिगुलको आवाज सुन्न पाईन्छ । घर घरबाट देवताको झन्डा बोक्दै ईष्टकुल देवको नाम पुकारदै जय जय भन्दै बाजा गाजाकासाथ रमाईलो गर्दै मान्छेहरु गो¥याखलो, देवस्थानमा आई धुपदिप गर्छन । त्यसै समयमा धामी काम्ने क्रम सुरु हुन्छ ।

धामीले सबैलाई बिरुडाको प्रसाद निधारमा लगाई दिएर ब्यक्ति, गाउ समाज तथा घर छोडि काम बिशेषले बाहिर गएका सबैको रक्षा गरी सुःख शान्ति दिने कुरा ब्यक्त गर्दछन (देवताकै भाषामा भन्नुपर्दा ए... नरौ ले प्रसाद ले खेली खाल्नु संशार मैरो हो, जाँ गया पनि मुई शिरमै हुलो तर मती जन छोडया कोई असजीमाई नाई पडुदिउ तेरो कोई नभयापनि मुई छु ईन्साफ को ईन्साफ होलो देखेई भने पछि कसैका अगाडि नझुकने जो कोहि पनि देवताको शरण पर्दछन । देवता प्रसाद लिनका लागि तछाड मछाड हुन्छ । यसरी देवताका झन्डा आउने र धामी काम्ने क्रम अष्टमीका  दिन मात्र हैत्र तत्पश्चात पनि करिब पाच छ दिन सम्म गाउ गाउमा हुने डेउडा खेलमा पनि चलि रहन्छ ।

अष्टमीका दिन बर्तालु महिलाले बिरुडाले सबैभन्दा पहिले क्रमशः देवता (धामी) सासु ससुरा, श्रीमान, जेठाजु, जेठानी, देवर देवरानी, छोरा बुहारी, नाती नातिना पश्चात नजिकका गोत्यारबाट चिनेजानेका सबैलाई बिरुडाको प्रसाद लगाई दिने चलन छ । यो गौरा देवीको बिरुडाको प्रसाद दिदाखेरी महिलाले बिभिन्न किसिमका मन्त्रबाट आर्शिवाद दिने गर्छन । बाघ झो बलिया भए,  स्याल जसो चलाक भएु, केलाको जस्तो परिवार फैलाएु, मुहानको पानि खाए, कुलकी चेली ब्या गरे, काममा सफलता पाए, नौकरीमा बढुवा पाए आदि । पञ्चमी देखि बढीमा पन्ध्र दिन सम्म देवी देवताका गित, डेउडा खेल्ने चलन छ । कतिपय ठाउमात महिला र पुरुषका बिचमा समेत डेउडाका माध्यमबाट दोहरी खेलिन्छ ।

डेउडाको रोचक र चाखलाग्दो प्रसंग के छ भन्ने डेउडा प्रतियोगितामा हार्ने पक्षले जित्ने पक्षलाई स सम्मान केहि दाम दिने परमपरा रहि आएको छ । भाद्र सुक्लपक्षमा पर्ने गोरालाई उजेली गौरा र कृष्णपक्षमा पर्ने गौरालाई अनेरी गौराको दृष्टिले हेरिन्छ । यस बर्षको गौरा कृष्णपक्षमा परेकोले अनेरी गोरा भए पनि महिनाको सुरुमै परेकाले उबहनी गौराको रुपमा राम्रो मानिएको छ । यस पर्बमा सेल, बटुक, पुरी, खीर मालपुवा, मिठाई, जेरी जस्ता मिठा परिकार खाई नयाँ लुगा लगाई बर्ष भरिका तिता कुरालाई बिर्सेर सबै मिलि रमाइलो गर्ने भएकाले पनि यस्लाई महान चाड भनिएको हो ।  

गौरा पर्बले गाउ समाजमा गार्ई भैसीले बारीमा लगाएको वाली तथा आगनमा सुकाउन राखेको अनाज, कुखुराले खोरवाट निस्की बारीमा लगाएको साग तथा गाउ समाजमासंगै खेल्दा बच्चा बच्चाको बिबाद भई बर्ष भरी नबोलेका छिमेकी गौरापर्व मनाउन एउटै ठाउमा उपस्थित भई एउटै भाडोमा बिरुडा भिजाउनु पर्ने, हातमा हात मिलाएर डेउडा खेल्नु पर्र्ने, गौरा देवीको प्रसाद बिरुडा नबोलेका र झगडा परेकालाई पनि लगाउनु पर्ने भएकाले गौरापर्वको एकता, सदभाव र मेलमिलापको पर्वको रुपमा ठुलो महत्व छ भने अर्कोतिर गाउ छिमेकका नावालक देखि जेष्ठनागरिकसम्म गो¥याखलामा भेटन सकिने भएकाले यस्लाई भेटघाट पर्बको रुपमा पनि लिईन्छ ।