Close This

मदनकृष्ण र मिलनको गीत ‘सुनको कचौरी’ सार्वजनिक

शनिबार असोज २, २०७८/ Saturday 09-18-21
Paschim Today

कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुनको कचौरी...’ बोलको गीतमा स्वर हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको छ । 

शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । म्युजिक एरेन्ज राजन इशानले गरेका छन् । गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ स्वयं छन् भने उनको अपोजिटमा गौरी मल्ल छिन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । सम्पादन विकास दाहालले गरेका छन् ।