विप्लव समूहको बन्द आह्वानका कारण सुदूरपश्चिम ठप्प,कैलालीमा पाँच स्थानमा बम फेला

बिहीबार बैशाख ५, २०७६/ Thursday 04-18-19
Paschim Today


धनगढी, ५ बैशाख ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वानसंगै कैलालीका बिभिन्न स्थानमा शंकास्पद वस्तु राखेको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ । 

कैलालीको अत्तरीया, चौमाला, र राजीपुर, बौनिया, लम्की लगायतका ठाउमा बम राखिएको पाईएको प्रहरीले जनाएको छ । 
अत्तरीयाको गोदावरी रोडमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय गर्न सेनाको टोली घट्नास्थल तर्फगएको छ । त्यस्तै कैलालीको मसुरीया र लम्कीमा बम राखिएको स्थानमा समेत सेना परिचालन भएको छ ।

बिप्लव समूहको बन्दका कारण सुदूर पश्चिमको जनजीवन प्रभावित भएको छ । नौ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधनहरु चल्न सकेकाछैनन । बजारहरु पनिपूर्ण रुपमा बन्द छन् ।

बन्द आह्वानको प्रभाव शैक्षिक संस्थाहरुमा समेत परेको छ ।
कलकारखाना, उद्योगधन्दा पनि बन्द आह्वानबाट प्रभावित भएका छन् ।

तस्वीर : दीपक खड्काको फेसबुक वालबाट( बन्दबाट प्रभावित डोटीको पिपल्ला बजार )