Close This

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालन

बिहीबार असोज १४, २०७८/ Thursday 09-30-21
Paschim Today

कञ्चनपुर,१४ असोज । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोनाका कारण वैशाख १६ गते देखि गरिएको लकडाउनका कारण बन्द गरिएको पर्यटकीय गतिविधिहरू सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले बताए ।  

उनले एक सूचना जारी गर्दै हात्ती सफारी बाहेकका जङ्गल सफारी, जङ्गल वाक, र्याफ्टी¨ तथा ढुङ्गा विहार, क्याम्पी¨ र फिसि¨ लगायतका पर्यटकीय गतिविधिहरू खुल्ला गरिएको बताएका हुन् ।

No photo description available.