Close This

एनआरएनए युरोपको क्षेत्रीय संयोजकमा काफ्लेको उम्मेदवारी

बुधबार असोज २०, २०७८/ Wednesday 10-06-21
Paschim Today


डेनमार्क, २० असोज ।
गैर आवासीय नेपाली संघ(एनआरएनए) युरोपको क्षेत्रीय युवा सयोजक पदमा रमेश काफ्लेले उम्मेदवारी दिने भएका छन्

युरोपको क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गर्दै काफ्लेले आफ्नो उम्मेदवारी एनआरएनमा युवाहरुको मजबुत सहभागिताका लागि भएको बताएका छन् ।

युवाहरुको हक हित एवं नेतृत्व विकासलार्ई चुनावी एजेण्डा बनाएका काफ्लेले दोश्रो पुस्ताको एनआरएनएमा सहभागिता तथा युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उद्यमशिलता बिकासमा भूमिका निभाउने प्रतिबद्धता गरेका छन् ।

युवाहरुको क्षमता तथा नेतृत्व विकास र सहभागिता बिना समृद्ध राष्ट्र निर्माणको परिकल्पना संभव नभएको बताएका काफ्लेले एनआरएनमा युवाहरुको सहभागिता मजबुत बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

एनआरएनएमा २०१९-२०२१ कार्यकालको आइसीसी सदस्य समेत रहेका काफ्लेले १३ बर्षको डेनमार्क बसाइ, उच्च शिक्षा प्राप्ति, विभिन्न सामाजिक संघ संस्थाहरुमा मार्फत आर्जन गरेको सीप, अनुभव र ज्ञानलाई एनआरएनए मार्फत देशको विकास र समृद्धिमा प्रयोग गर्ने बताए ।