यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ

बिहीबार असोज २१, २०७८/ Thursday 10-07-21
Paschim Today

काठमाडौँ, २१ असोज । दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई छन् ।
काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ्ग र कैलालीका २९ वर्षिय रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यसैगरि काठमाडौंको कलंकीबाट वर्ष ३९ का नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।