Close This

‘द भ्वाइस किड्स नेपाल’ को प्रसारण कार्तिकबाट

शनिबार असोज २३, २०७८/ Saturday 10-09-21
Paschim Today

काठमाडौँ,२३ असोज ।  भर्खरै ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करण सकेको टिमले अब ‘द भ्वाइस किड्स नेपाल’ गर्ने भएको छ । ‘द भ्वाइस किड्स नेपाल’ को पहिलो सिजन कार्तिकको दोस्रो साताबाट प्रसारण सुरू हुने भएको छ ।

फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । साताको दुई दिन शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि प्रसारण हुने यो शो विश्वका करिब ११३ देशमा स्थापित भइसकेपछि नेपालमा सुरु हुन लागेको हो ।

‘द भ्वाइस किड्स नेपाल’ मा देशभरका ६ वर्षदेखि १४ वर्ष उमेर समुहका बालबालिकाले सहभागिता जनाउने छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको छ । ‘द भ्वाइस किड्स नेपाल’ का लागि १० हजार भन्दा धेरै बालबालिकाले डिजिटल अडिसनमा सहभागीता जनाएका छन् । १० हजारबाट छानिएका बालबालिकाहरुले ‘ब्लाइन्ड अडिसन’ मा सहभागिता जनाउने छन । 

अमृत तेलले टाइटल स्पोन्सर गरेको शो को हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध रहेका छन् । ‘द भ्वाइस किड्स नेपाल’मा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोचका रुपमा रहनेछन् ।