सुदूरपश्चिममा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार असोज २४, २०७८/ Sunday 10-10-21
Paschim Today

धनगढी, २४ असोज ।  सुदूरपश्चिममा आइतबार थप १३ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । २हजार ३२४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना र १४ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना गरी १३ जना संक्रमित थपिएका हुन ।

यससँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४७ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आईतबार २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २ पुगेको छ ।