विवाह बन्धनमा बाँधिए मनोज गजुरेल
सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today

हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।
सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘नयाँ जीवनको सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि शुभकामना पाउँछु भन्ने आशा छ।’
उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’ मनोजले चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।
Posted by Manoj Gajurel on Sunday, October 10, 2021
तपाईको प्रतिक्रिया