दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ

सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today

विराटनगर, २५ असोज ।  सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका -४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित आईतवार पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह  विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्राउ गरेको हो ।