Close This

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today
फाइल तस्विर

मुगु,२६ असोज । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।