Close This

भारतीय गायक मीकाले गाए नेपाली गीत

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता नेपालीले साथ दिएका छन् । भिडियोमा उनीहरुको आकर्षक नृत्य समेत देख्न सकिन्छ । 

सुप्रिम पराजुलीकोे सम्पादन, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन भिडियोमा छ । गीतको अडियो तथा भिडियो निर्माणमा मिहिनेत गरिएकोले दर्शकले गीत रुचाउने गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास रचनाकार शेखर अस्तित्वको रहेको छ ।