मेयर वडले दिए कारागारका कैदीबन्दीलाई खसी उपहार

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today
फाइल तस्विर

धनगढी,२७ असोज । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । मेयर वडले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् । 

मेयर निर्वाचित भएदेखि नै उनले निरन्तर खसी दिँदै आएका छन् । विभिन्न अभियोगमा कारागारमा रहेका व्यक्तिहरु आफन्तबाट टाढा रहने र चाडबाड खल्लो हुने हुँदा दशै खल्लो नहोस भनेर खसी दिइएको मेयर वडले बताए । 

विभिन्न अभियोगमा जेलमा रहेका व्यक्तिहरुलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलोस् भनेर शुभकामनाका साथै आफूले वर्षेनि खसी उपहार दिने गरेको मेयर वडले बताए ।