Close This

नेपालमा पछिल्लो २४ घण्टामा ३६५ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

काठमाडौँ,२७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६७१ जनाको पीसीआर परीक्षणमा ३२६ र २ हजार १९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६०९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।