आईपीएल : उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकोताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकोता १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले फाइनलमा चेन्नई सुपरकिंग्सको सामना गर्ने छ । अब फाइनल खेल आगामी शुक्रबार हुने छ ।