Close This

नायिका परिणती भन्छिन्, सगरमाथा तिमीले मलाई नम्रताको पाठ सिकायौ

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

धनगढी,२८ असोज । उचाई फिल्मको छायांकनका लागि संसारकै अग्लो शिखर सगरमाथा काखमा पुगेकी नायिका परिणती चोपडाले बिहानै सामाजिक सञ्जालमा पोष्ट गरिन– 'शुभ प्रभात सगरमाथा, तिमीले मलाई नम्रताको पाठ सिकायौ ।'

सगरमाथालाई नियालिरहेको आफ्ना तीन वटा तस्वीर सहित सामाजिक सञ्जालमा अपडेट गरेको यो पोष्ट भाईरल भएको छ ।

हामीभन्दा पनि माथि कोही छ । हामी भन्दा पनि उचाईमा कोही छ । हामीले आफूलाई नै सबैभन्दा उचाईमा छौ भनेर घमण्ड गर्नु व्यर्थ छ । जसरी सगरमाथा संसारकै सबैभन्दा अग्लो भएर घमण्ड गर्दैन । सायद नायिका परिणती चोपडाले यही कुरा महशुस गरिन । र लेखिन, सगरमाथा तिमी मलाई नम्रता पाठ सिकायौ ।

परिणीतिले फिल्महरू लेडिज भर्सेस रिक्की भेल, इसकजादे, शुद्ध देशी रोमान्स, हँसी तो फसी, केशरी, मेरी प्यारी बिन्दु लगायतका फिल्ममा अभिनय गरेकी छन्।

दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।

यसैक्रममा फिल्मका कलाकार अनुपम खेरले पनि पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । उनले एक पटक सगरमाथाको अवलोकन गर्न सबैमा आग्रह गरेका छन् ।