Close This

मदिराको नशामा श्रीमतीको हत्या

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

अर्घाखाँची,२८ असोज । मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

गुल्मीको  ईस्मा गाउपालिका-२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको  छत्रदेब गाउँपालिका-८ मा भाडामा बस्ने  ४३ वर्षीय लाल बहादुर कुमालले बुधवार राति  श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तबारे थप अनुसन्धान भइरहेको छ । उनले आफूले नसामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको स्वीकार गरेका छन् ।