Close This

कञ्चनपुरमा ९ जना जुवाडे पक्राउ, करिव ३ लाख बरामद 

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

धनगढी, २८ असोज ।  कञ्चनपुरमा तास खेलीरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् । झण्डै ३ लाख नगदसहित ९ जना जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ भाँसी बस्ने भुवन साउँदको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख ९८ हजार एक सय रुपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।