Close This

जलवायु परिवर्तनबारे गलत जानकारी दिने विज्ञापनमा गुगलको डण्डा

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

इन्टरनेट जाएन्ट गुगलले आफ्नो सर्च इन्जिन तथा भिडियो प्लाटफर्म युट्युबमा जलवायु परिवर्तनका विषयमा गलत जानकारी प्रदान गर्ने विज्ञापनहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

गुगलको उक्त कदमले गलत जानकारी फैलिनबाट रोकिने अपेक्षा गरिएको छ । गुगलले यसअघि युट्युबमा अपलोड गरिएका कोरोना भाइरसका विषयमा गलत जानकारी दिने लाखौं भिडियोहरु हटाएको थियो ।

 

 

 

अनलाइनमा पोस्ट हुने कतिपय विज्ञापनहरुमा विश्वको तापमान वृद्धिको कुरा भ्रामक तथा गलत रहेको उल्लेख हुने गरेको थियो । साथै जलवायु परिवर्तनका बारेमा विभिन्न गलत जानकारीहरु पनि शेयर हुने गरेका छन् । त्यस्ता खालका विज्ञापनहरुले आम मानिसहरुको अभिमतलाई भ्रमित गर्ने गर्ने गुगलको भनाइ छ ।

अगष्टमै १० लाख भन्दा धेरै भिडियो डिलिट

स्मरण रहोस् युट्युबले गत अगष्टमा आफ्नो प्लाटफर्मबाट १० लाखभन्दा धेरै भिडियो हटाएको थियो। ती सबै भिडियोमा कोरोना भाइरसका विषयमा गलत जानकारीहरु फैलाइएको थियो ।

त्यसअघि पनि कम्पनीले सन् २०२० को फेब्रुअरीमा आफ्नो प्लाटफर्मबाट कोरोना भाइरससँग सम्बन्धित ५ लाखभन्दा धेरै भिडियोहरुलाई हटाएको थियो, जसमा कोरोना भाइरसका विषयमा गलत जानकारी दिइएको थियो ।

इन्टरनेट प्रयोगकर्ताहरुसम्म सही जानकारी मात्र पुगोस् भन्नका लागि यस्तो कदम चालिएको गुगलको भनाइ छ ।