Close This

भोली सुदूरपश्चिममा सार्वजनिक बिदा

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

धनगढी,३० असोज  ।  आइतबार (भोली) सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभर भोलि पनि बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।  

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको जोशीले बताए । 

संघीय सरकारले यो वर्ष असोज २६ गते मङ्गलवार देखी असोज ३० गते शनिवारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।