Close This

कविता : यसपालिको बाढीले

बिहीबार कार्तिक ११, २०७८/ Thursday 10-28-21
कैलासकुमार पाण्डेय

गर्नु गर्‍यो यसपालिको बाढीले
बितन्डै मच्चायो
बाढी पहिरो नौलो कुरा त होइन
तर यसपालि त कालै भएर आयो
सयौंको ज्यान लियो
अरबौको धन ,सम्पत्ति, बालिनाली नास्यो
सडक,बिजुली बत्ति ,सञ्चार,खानेपानी
अबरुद्ध भए
भौतिक संरचना तहस नहस भए
दैवी विपत्तिका अगाडि कसको के लाग्छ
बेमौसमी बर्षाले मच्चाएको बितण्डा हो
सहकाल भित्र्याउने बेला महाकाल भएर आयो
बर्खामा बाढी आउनु समान्य हो
बर्खा सकिएर अगहन लाग्दै गर्दा
कालै भएर बिनास गर्न पुग्यो
कहर र सन्त्रास मन भरी छउन्जेल
बाढीमा बगि बैकुण्ठ जाने त गए
जिउनेहरु नारकिय जीवन जिउदै छन
रेडक्रसले दिएको त्रीपाल र आल्मुनियमका भाडामा
राहतको राशन पकाएर जीविका चलादैछन
लालावाल ओत लगाउदै छन
सर्पको बिगबिगी ,स्याल,कुकुर सल्वलाइ
लाम्खुट्टेको टोकाइ र रात्रीको सन्नाटामा
रातहरु बित्दैछन
छन त छन आशाका किरण छन
छन छ राज्य पनि छ
हेर्छ होला आधारभूत रुपमा
गाँस,बाँस ,कपास
खै पुर्ववत पीडितको कान्तबिजोग छ
बैसठ्ठीको बाढी पीडित 
बनारा किनारा बसेको धेरै भयो
गत वर्षका पनि पालमुनी सडक छेउ छन
आस गरौ बिश्वासै त छैन
नुन ल्याएका नुन दिएर जाउ
गुन ल्याएका गुन लाएर जाउ
यै देशक नागरिक हौ
नुनको सोझो गरौला
लाएको गुन तिरौला
बिपत्ति कसैको आफ्नो  बिरानु हुदैन
सम्पन्न र बिपन्न पनि चिन्दैन
बाजा बजाएर पनि आउदैन
तराई पहाड जहाँ पनि
आफ्नो प्रभाव देखाएकै हुन्छ
दार्चुलाको खलंगा
सिन्धुपाल्चोकको मेलम्ची बजारमै
नदि पसेको
बस्ती का सखाप भएका
कैयौ उदाहरण छन
तर  सखापै पार्‍यो
गर्नु गर्‍यो यसपालिको बाढीले
बितन्डै मच्चायो