Close This

ट्रकबाट १ सय ८६ केजी गाँजा बरामद, दुई जना पक्राउ

शुक्रबार कार्तिक २६, २०७८/ Friday 11-12-21
Paschim Today

रौतहट,२६ कात्तिक। प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन्।

गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।