'मेरी भूपूको राम्रोसँग ख्याल राख्नु है साथी !’

मंगलबार कार्तिक ३०, २०७८/ Tuesday 11-16-21
धनबाबु जप्रेल

आज भन्दा करिब डेढ वर्ष अघि फेसबुकमै भेटिएकी हुन ऊनी, अर्थात् कल्पकुञ्ज(मैले म्यासेन्जरमा राखिदिएको नाम) । कल्पकुञ्ज फेसबुकमा भेटिएकी हुन । गहुँ गोरी वर्णकी ।

मैले नै पठाएको थिएँ रिक्वेस्ट । दुई दिन पछि उनले स्वीकृत गरेको नोटिफिकेशन आएको थियो । एकअर्कामा साथी बनेको करिब एक हप्ता पछिबाट होला हाम्रो कुराकानी सुरु हुन थालेको पनि । लकडाउनकै बेला भएर होला फेसबुकमा निकै कुरा गर्न पाइएको थियो । 

त्यस समय देखि हो क्यारे हाम्रो कुराकानी नियमित हुन थाल्यो, फोन नम्बर पनि लेनदेन भयो । सुरुमा त अफिसका कुराकानी हुन्थे,विस्तारै कुराकानी दिनदिनै बढ्दै गएको हो । उसलेपनि कल आफै गर्न थालिसकेकी थिई ।

समयले गति लिँदै गयो हाम्रो कुराकानी पनि दिनप्रति दिन बढ्दै गयो । व्यक्तिगत रुपमा गरिने सोधिखोजीहरु बिस्तारै घरपरिवारको पनि चासोको विषय बनाउन थालियो । घरका कामकाजहरू, घरमा पाक्ने खानाहरू, खाना बनाउन भान्से बन्ने यस्तै कुराहरुपनि हुन थाले । एक्ला एक्लै हुँदा खेरी एकअर्काेलाई फोनकल गरेर दुवै व्यस्त रहन्थ्यौँ । त्यतिसम्म त धेरै नजिक र आत्मीय बनिसकेका थियौँ ।

छोटो समयमा नै उनले मेरो परिवारका सबैलाई राम्रोसँग परिचित सकेकी थिई । सबै भन्दा पहिला उनले मेरा दाइ भाउजूलाई चिनेकी थिई । किनकि दाइ भाउजूहरू उनको दाईहरुसंग राजनीति सहयात्रा गर्नुहुन्छ । 

दाइ भाउजुको उनले खुबै मिस गर्छिन्, माया पनि उत्तिकै गर्थिन् र सायद अहिले पनि गर्छिन् होला । दाइ भाउजू कता छन्, के गर्दै छन्, घर कहिले आउँछन्, मेरो घरमा बस्नु हुन्छ होला,  हजुरले फोन गरेर किन कुराकानी गर्नु हुन्न, किन दाइ भाउजूसँग टाढा भएर बस्नु हुन्छ, दाइ भाउजूले हजुरलाई कति धेरै माया गर्नु हुन्छ कत्ति धेरै मान्नु हुन्छ यस्तै कुराहरू भनिरहन्छिन् ।

म अलि एकलकाँटे मान्छे छु, । सो म सबैसँग पनि धेरै बोल्दैनन् । यो मेरो सानै देखिको बानी हो धेरैले नबोल्ने भएकाले घमन्डी पनि भन्ने गर्छन् । उनिले पनि हजुर घमन्डी हुनु हुन्छ किन गर्नुहुन्छ यसो । सबैसँग बोलचाल गर्नुपर्छ । बोलेरै त हुन आफ्ना हुने नजिकका हुने लगाउनका यस्तै कुराहरू उनले दिनदिनै सिकाउन थालेकी थिई र भनिरहन्थी । 

म मेरो भाइ बहिनी र घरपरिवारसँग पनि त्यति त्यति धेरै गफगाफ गर्दिन सो धेरै बोलचाल पनि पर्दैन । अकसर म चाहिने कामका कुरामा धेरै ध्यान दिन्छु । सो अकसर धेरै बोल्दिन । मसँग जसले धेरै कुरा गर्छ वा नजिक भएर बसी रहन्छ त्यसले मात्रै मेरो व्यवहार र बानीलाई राम्रोसँग चिन्न सकिरहेको हुन्छ । त्यसैले उनले बेला बेला मेरो भाइका मुखनेर फोन गरेर जिस्काउने गर्थी र भन्थी ‘डर छेरुवा’ । कहिले काँही भाइको मुखमा उठाइ हाले पनि भन्थी ‘धर्ती पल्टिन्छ, कि त आज भाइले किन कुरा गरेको भनेर कुट्छ भनेर ।’ भन्थी ‘पछाडि हेर्नु त भाइले भाटो(लट्ठी) उठायो हान्नलाई ।’

मलाई अकसर रुघा लागि रहन्थ्यो, परीक्षाका बेला रुघा लागि रहन्थ्यो, सुतेका बेला रुघा लागि रहन्थ्यो, खाना पकाउँदा रुघा लागि हाल्थ्यो तर पिर उनले मानी रहन्थी । बेला बेला फोन गरेर सिधै अहिले ‘कस्तो छ रुघा, परीक्षा कस्तो भयो यस्तै कुराहरू सोधिरहन्थी ।’ धेरै दिन त मेरो भाइ नहुँदा मलाई रुघाले हदै सताउँथ्यो जहाँ कि फोनमा कुरा गर्न पनि उनलाई साहै पिर पर्थ्यो । अनि भन्थी ‘पानी तताउनुस् । बोजो ल्याउनुस् खाना धेरै खानुस्, अलि मोटाउने खानेकुरा खानुस् मोटाउनु प¥यो, ज्यान बनाउन प¥यो ।’ म हुन्छ भन्थे । उनले भनेका सबै कुरा पनि सहर्ष स्वीकार गर्थे र उनले भने जस्तै गर्ने प्रयास गर्थे । 

यसपालि दसैँमा घर जाँदा मैले परिवारका सबैका लागि एकाएक लुगा कपडा लिएको थिएँ उनकै सल्लाह वा ठाडो परमादेश बाटै भनौँ । सबैलाई लुगा किने भन्ने कुरा उनलाई सुनाएपछि उनी पनि कति धेरै खुसी भएकी थिई । अन्तिममा तिम्रो लागि बाँकी रह्यो भनेको तर उनले  हामी अहिले नभेटौँ, सो मलाई केही पनि पर्दैन भनिन् । बहिनिले त भाउजुका लागि पच्छौैरी लिएर जानुस् दाइ माया बढ्छ भन्थी । के गरूँ उनिले नभेट्ने भनेकी भएरै मैले लिन सकिन् ।

दशैपछि महेन्द्रनगर फर्किने तर्खरमा वर्षाले बाटो भत्किएकाले केही दिन घरमै रोकिनु प¥यो । सो बाटो कतासम्म खुल्यो भन्ने कुराको अपडेट दिने काम उनैले गरिन् । आउने दिन पनि घरबाट हिँड्नै लाग्ने बेला उनको फोन आयो सबै कुरा सोधी । मैले हिँड्न लागेको कुरा बताए । उनले सिधै दिपेश खै भनेर सोधी । अनि मैले खै ल कल गर्छु भनेर कल काटेँ । कल गरेँ , दिपेशहरु घरै रहेछन् । उनिलाई पनि घरै छन् भन्ने खबर सुनाएँ । अनि त उनी च्याठ्ठी हालिन् । ‘दिपेशहरु नलिएर कता जान लागेको खुरुक्क ल्याएर आउनुस्’ भनी । म पनि साह्रै फसादमा परे । आधिँ बाटो हिँडेको मान्छे अब के गरूँ । दिपेशहरुलाई फोन गरेर खुरुक्क तयार हुन भने र म मोरी सम्म कुरिरहने बताएँ । पछि सँगै ल्याएँ दुवै जना भतिजाहरूले यात्राभर आन्टीकै बारेमा सोधिरहे । दिपेशले त उनीसँग एक घण्टा जति कुराकानी पनि ग¥यो ।

आज मलाई यति धेरै माया गर्ने मान्छेलाई अर्कैले चटक्क समाएर लगेर गएको छ । मन त साह्रै दुखेको छ । तर तिमीले नै कहिले पनि फोन म्यासेज नगर्नु फेसबुकमा पनि नबोल्नु भनेर बेपत्ता भयो । तिमि खुसीले गयौ वा दबाबले गयौ त्यो तिमीलाई नै थाहा होला । तर म भने तिमिले भनेकै कारण तिमीलाई मेरो कारणले समस्या नहोस् भनेर तिमिले भने अनुरूप नै गरेको हुँ । त्यसपछि तिमिले सम्झिने कोसिस ग¥यौ वा गरेनै तिमिलाई नै थाहा होला है कल्पकुञ्ज ।

तर म यहाँ मलाई यति धेरै माया गर्ने तिमिलाई पाउने मान्छेलाई थोरै सुझाव मात्र दिन खोज्दै छु । यद्यपि तिमि(कल्पकुञ्जको हुनेवाला)ले यस्ता लेखहरू हुन त के पढ्लाउ र है साथी । तर तिमिले तिम्रो श्रीमतीका लागि कुन कुरा राम्रो हुन्छ के राम्रो हुन्छ के नराम्रो मान्छे के खान मन पराउँछे यस्तै यावत कुराहरू बुझ्न सजिलो होस् र मेरी भूपू प्रेमिकाले दुख झेल्न नपरोस् भन्ने मात्रै मैले यसो लेख्न खोजेको हो ।

उनिलाई चिसोको बेला अलि धेरै रुघा लाग्छ  केयर गरिदिनु होला । फलफूल खान र मासु खानमा निकै खप्पिस छिन् । तिन चार दिन एउटै तरकारी भएमा उनलाई खान फिटिक्कै रुच्दैनन् । फोनकल गर्दा उनी आफै फुर्सद हुँदा बेला बेला फोन गर्छे, बिजी भए बिजी छु पछि गरुँला भन्नु पर्छ हुन्छ भन्छे र कुरिरहन्छे । त्यतिकै दुई कल सम्म नउठेमा साह्रै मन दुखाउँछे । अब त कहिले फोन गर्दिन भनेर ठुस्किन्छे । सो फुर्सद हुने बित्तिकै  गरिहाल्नु पर्छ नत्र अनेक सुनाई हाल्छिन् । 

सोझी धेरै सोझी छे । सबै कुरा सहजै विश्वास गर्छे, जेठा दाइको इच्छा विपरीत चल्न चाहन्न । अरू दाइलाई त्यति कम माया गर्छे । आमा र बा को चिन्ता साह्रै लिन्छे । उनले मेरा आमा बा को पनि निकै पिर चिन्ता लिने गर्थिे । आफू काम गर्ने सक्दिन होला अरू नै खोजेर घरमा राख्नु नि पनि भन्थी । उनी भारी बोक्ने र परिवारको ठुला जिम्मेवारी लिन डराउँछिन् । उनको शारीरिक अवस्था अलि कमजोर छ कहिले गह्रौँ भारी सामान बोकेकी छैन् । अस्ति एक दिन मकैको डोका बोक्दा पनि उनलाई साह्रै थकाई लागेको थियो । अस्ति करिब एक हप्ता दिन निकै ज्वरोले थला परिन् । मसँग कुरा गर्न नसकेर आफैले बेला बेला अवस्थाको जानकारी दिन म्यासेज गरिरहन्थी, मलाई पनि बोल्न सक्दिन नेपाल टेलिकममा म्यासेजको प्याक लिनु अनि म्यासेजमै कुरा गराऔँ भनिन् । मनमा कत्ति धेरै पिर लागेको थियो । त्यस्तो बिरामी पर्दा म त टाढा थिएँ । फोनबाट सान्त्वना दिन बाहेक के गर्न सक्थे र त्यही पनि उनको पिडा सुनिदिन्थे । तर त्यो बेला त तपाई कता हुनुहुन्थ्यो पत्ता थिएन ।

परिवारका सबैलाई निकै माया गर्छे । मनमा साह्रै चिन्ता लिन्छे सो बेला बेला फोन कल गरेर उसलाई हँसाई राख्नुपर्छ जिस्काइ राख्नुपर्छ । सिरियस कुराहरुपनि गरिरहनु पर्छ उसका कुरा सकै निर्धक्क सुनिरहनु पर्छ नत्र अलि मन दुखाउँछे । हामीले कम्तीमा पनि एक दिन कुरा भएन भने दुवै लाई न्यास्रो लाग्ने भैसकेको थियो । मैले एक दिन पनि फोन गर्न वा म्यासेज गर्न भ्याइन भने उनले दोस्रो दिनमा त किन कल गरेको बिर्से भैगो नि भनेर रिसाइ हाल्थी फेरि एकछिनमै आफै माया गर्न थाली हाल्थी, सधैँझैँ रमाउन थाली हाल्थी । 

दसैँको दिन पनि दिनभरि उनले अनेक कुरा गरिरहिन दिनभर हामीले माया प्रेमकै कुरा गरेका थियौँ उनको घरमा दसैँ थिएन मेरो घरको दसैँ फोटो हेरेर उनिलाई निकै रमाइलो भएको थियो । तिहारमा त तिमिले भने झैँ मेरा दाइसङै बसेर टीका लगाएँ फोटो खिच्यौँ सायद त्यो फोटा तिमिलाई देखाउन पाएको भए तिमी कत्ति खुसी हुन्थ्यौ है । अपसोच तिमि मसँग कल्पकुञ्ज मरो सम्पर्कमा छैनौ । धेरै मिस गरिरहेको छु ।

अफिस टाढा छ चारचार घण्टा हिँड्नु पर्छे साहै थाक्छे, कुनै दिन त त्यही दिन गएर त्यही दिन फर्किनु पर्दा त झन् कति थाक्छिन् होला । एक एक दिनमा औषत १८ किलो मिटर हिँड्नु पर्छ भन्थी । बाटोमा हिँड्दा फोन गरेर भने मसँग त साहै मन दुखाउँथी मैले कल गरिन भने गीत सुन्दै हिँड्छु भन्थी । अचेल त खै के गर्छिन् मलाई थाहा भएन । हामी जोडिएको डेढ वर्षमा त तपाईँले कहिले कल गर्नु भएन । 

कहिले काँही पढ्छु अब लोक सेवा तयारी गर्छु भनेर पछि खुब गहिरिन्छिन् । कात्तिकको महिना अफिस गएको हप्ता त बेलुका तिर खुब पढ्दै मसँग प्रश्न सोध्दै कुरा गर्दै गरेकी थिई खुब मलाई पनि हजुरले त अब बिर्सिनु भयो है लोकसेवा भन्दै प्रश्नहरू सोधिरहन्थी र म पनि विभिन्न प्रश्नहरू सोधी रहन्थे । मलाई बेलुकाको पत्रिका बनाउन नगएर घर गए पढ्नु त्यो समयमा भन्थी, मैले पनि उनी छुटिनु दुई दिन अघि देखि पत्रिका जान छोडेर पढ्न बस्ने गरेको थिएँ । 

दुई दिन पछि तिमि खै बिदा मागेर कता कता हरायौँ अनि त तनाव पनि भयो अनि तिमि नै नभएपछि के पढ्नु जस्तो लाग्यो फेरि पत्रिका जान थालेँ । जे होस तिमिले सबै मेरै हितका लागि भनिरहेकी थियौ तर त्यसका पछाडि तिम्रो माया प्रेम मेरो मनमा झनझन बढिरहेको थियो । खै तिमि त कता कता हरायौ ।

हिजो यति धेरै माया गर्ने उनी अचेल खै के कसरी बसेकी छिन थाहा त छैन तर जता भएपछि तपाईँसँगै छे सायद खुसी नै छे होली । जहाँ भए पनि नरुवाउनु र रुन पनि नदिनु । मन दुखाउने कुरा नगर्नु होला । घरपरिवार आमा बा दाइ भाइ अनि उनकी प्यारी भतिजीहरू छोडेर तपाई सँग आएकी छे भतिजीले भूपूले बिहे गर्छ भनिभने साह्रै मन दुखाउँथी पिट्न आउँथी खै अब त त्यति सानी तर बाठी नानी पनि खै कसरी बस्छे होली । उसको आमा बुबा नै कञ्पकुञ्ज हो । उनिलाई माइतीको अभावको आभास कहिले नगराउनु होला । ‘मेरी भूपूको राम्रो ख्याल गर्नुहोला है मित्र ।’