सि.पि.अस्पतालले मंसिर १२ देखि नि:शुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने
बुधबार मङ्सिर ८, २०७८/ Wednesday 11-24-21
Paschim Today
धनगढी,८ मंसिर । धनगढीको सि.पि.अस्पताल प्रा.लिले निस्शुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने भएको छ । यही मंसिर १२ गतेदेखि २० गतेसम्म निशुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने भएको हो ।
कन्सलटेन्ट, इ.एन.टि.सर्जन नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर कोलाज कट्टेल लगायतका विशेषज्ञ चिकित्सकद्धारा परामर्श सेवा पाइने अस्पतालले जनाएको छ ।
साथै अन्य जाँच (परिक्षण) र उपचारमा विशेष छुटको समेत व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया