Close This

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु

८ जनामा कोरोना पुष्टि

बुधबार मङ्सिर ८, २०७८/ Wednesday 11-24-21
Paschim Today

धनगढी,८ मंसिर । सुदूरपश्चिममा बुधबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका १० की २९ बर्षिय महिलको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ६९१ नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधीबाट ४९ नमुना परिक्षण गर्दा तीन र एन्टिजेन विधीबाट ६४२ नमुना परिक्षण गर्दा पाँच जना गरी आठ जनामा संक्रमण पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।