Close This

एमाले महाधिवेशको उद्घाटन समरोहमा भाजपाका दुई नेता आउने

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

काठमाडौँ,९ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका भाजपा दुई जना नेता आउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा.हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।