Close This

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कयौंको मृत्यु

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।

सिन्ह्वासँग कुराकानी गर्दै नाम नखुलाइकन एक प्रहरी अधिकारीले  मोगादिसुको जंक्शन नजिकै भएको विष्फोटमा धेरै हताहत भएको बताएका छन्। प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।  

त्यसैगरी  प्रत्यक्षदर्शीहरुले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।