Close This

भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ : एमाले

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

चितवन,९ मंसिर । नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ ।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए । 

‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न,’ भट्टराईले भने । त्यस्तै, महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे सात करोड खर्च हुने पनि बताए ।