Close This

गौरीफन्टा नाकाबाट चालु आर्थिक वर्षको ४ महिनामा १२० युवतीहरूको उद्धार

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

धनगढी, २० मंसिर । कैलालीको गौरीफन्टा नाकाबाट चालु आर्थिक वर्षको ४ महिनामा १२० युवतीहरूको उद्धार गरिएको छ ।  शान्ति पुनर्स्थापना गृह धनगढी शाखाले चालु आर्थिक वर्ष २०७८/०८९ को ४ महिनामा सो संख्यामा युवतीहरूको उद्धार गरेको हो ।

यस्तै सोही अवधिमा २ हजार २ सय ६४ जनालाई सूचना तथा परामर्श सेवा दिएको  शान्ति पुनर्स्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले बताइन् ।

शान्ति पुनर्स्थापना गृह धनगढीले विगत ११ वर्ष देखि कैलालीको त्रिनगर नाका र टिकापुरको खक्रौला नाकामा रहेर काम गरिरहेको छ । टिकापुरको खक्रौला नाकाको तुलनामा धनगढीको त्रिनगर नाका भने ठुलो सिमानाका भएका कारण मुद्दाहरू सम्हाल्न हम्मे हम्मे परेको जोशीले बताइन्  ।

उनका अनुसार चालु आर्थिक वर्षमै ८ वटा मुद्दा दर्ता भएकोमा ३ वटा मानव बेचबिखन र ४ वटा जबरजस्ती करणीका मुद्दा रहेको छन् ।धेरैजसो मुद्दाहरू विवाह तथा प्रलोभनमा पारेर लगिने र कतिपय युवतीहरूलाई आफू कहाँ जान लागेको समेत थाहा नहुने गरेको उनले बताए। 

त्यस्तै आ। ब २०७७/०७८ मा ५ हजार ८ सय ५२ जना युवती मध्ये २५३ जनाको उद्धार गरिएको थियो। गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा जम्मा ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मानव बेचबिखनका मुद्दा रहेको मा ११ वटा मुद्दा दर्ता शान्ति पुनर्स्थापना गृहबाट भएको उनले सुपरभाइजर जोशीले बताइन्।

यसरी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तुलना गर्दा मुद्दा दर्ता र घटनाहरू बढ्दो क्रममा रहेको समेत जोशीले जानकारी दिइन् ।