एनपिएल : कर्णालीविरुद्ध बलिङ गर्दै काठमान्डु
सोमबार कार्तिक १७, २०८३/ Monday 11-02-26
Paschim Today
काठाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
टियू क्रिकेट मैदानमा भएको टस जितेर काठमान्डुका कप्तान करण केसीले पहिला बलिङ गर्ने निर्णय गरेका छन्।
आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेविड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएलमा डेब्यू गर्दैछन्।
वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै १९ हजार रन बनाएका छन्।
उनी अस्ट्रेलियाले २०२१ मा टी–२० विश्वकप, २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्यसमेत हुन्।वार्नरले टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाएका थिए।






तपाईको प्रतिक्रिया