Close This

ट्वीटरमा किन अचानक घटे फलोअर्स ?

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

माइक्रो ब्लगिङ साइट ट्वीटर पुनः एकपटक चर्चामा छ । यो पटक नयाँ सीईओ पराग अग्रवालका कारण होइन ट्वीटर प्रयोगकर्ताका फ्लोअर्सहरू एक्कासी घटेको घटनाका कारण । ट्वीटरमा गत बिहीबार अचानक प्रयोगकर्ताहरूका साविक फ्लोअर्सको संख्या घट्न पुग्यो । त्यसपछि ट्वीटरमा प्रयोगकर्ताहरूको गुनासोको बाढी नै आयो । कतिले नयाँ सीईओ अग्रवाललाई मेन्सन गरे त कति अचानक गायब भएका आफ्ना फ्लोअर्ससँग रिसाए ।

फलोअर्सहरू अकारण हराएको यो घटनाप्रति ट्वीटरले कुनै प्रतिक्रिया दिएको छैन । तर पीडित प्रयोगकर्ताहरूले यस विषयमा ट्वीट गरिरहेकै छन् ।वास्तवमा ट्वीटरमा पहिले पनि यस्तै भएको थियो । सोसल मिडिया प्लाटर्फमहरूमा फलोअर्स तथा सब्सक्राइबर्स घट्ने समस्या सामान्य हो । कम्पनीहरूले बोट्स अर्थात् फेक अकाउन्टहरू हटाउने क्रममा त्यस्तो हुन्छ । यस्ता नक्कली तथा स्वचालित अकाउन्टहरूले ट्वीटरमा फेक न्यूज तथा प्रोपोगान्डा फैलाउने गर्दछन् । त्यसैले आफ्नो प्लाटर्फममको विश्वसनीयता कायम राख्नका लागि सोसल मिडिया कम्पनीले वर्षभर नै त्यसरी फेक अकाउन्टहरू हटाउने अभियान चलाएको हुन्छ । ट्वीटरले पनि कम्युनिटी निर्देशिका अनुसार यसैगरी बोट्स तथा फेक अकाउन्ट हटाएको हो ।

यो पटक अरु आम ट्वीटर प्रयोगकर्ताका फलोअर्स मात्र होइन स्वयम् ट्वीटर सिइओ पराग अग्रवालकै फ्लोअर्सको संख्या उल्लेख्य मात्रामा घटेको पाइयो । यसअघि उनका तीन लाख ६० हजार फ्लोअर्स रहेकोमा त्यो घटेर ४३ हजार ७ सयमा झरेको थियो ।

यसरी फेक अकाउन्ट हटाउने काम केवल ट्वीटरले मात्र होइन फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता प्लाटर्फमहरूले पनि गरिरहन्छन् । ह्वाट्सएपले प निगत सेप्टेम्बरमा २० लाखभन्दा धेरै अकाउन्टमाथि प्रतिबन्ध लगाएकेा थियो । नयाँ नियमहरू अनुसार सोसल मिडिया कम्पनीहरुले उजुरी परेका वा फेक न्यूज फैलाउने र अवास्तविक त्यस्ता अकाउन्टहरू हटाउनै पर्दछ । ट्वीटरको नियम अनुसार कुनै पनि ट्वीटर प्रयोगकर्ताले एक दिनमा ४०० जना अन्य ट्वीटर प्रयोगकर्तालाई फ्लो गर्न सक्दछ । तर भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताले चाहिं हजार जनालाई दैनिक फलो गर्न सक्दछ ।

त्यस्तै एउटा ट्वीटर अकाउन्टले पाँच हजार अन्य अकाउन्टलार्य फलो गर्न सक्दछ । त्यसपछि अरुलाई फलो गर्नका लागि केही समय कुर्नुपर्दछ । आफ्नो अकाउन्टमा फलोअर्स थपिएको अनुपातमा मात्रै अरुलाई फलो गर्न पाइन्छ ।