Close This

सुदूरपश्चिममा १ हजार नमूना परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

धनगढी,२० मंसिर । सुदूरपश्चिम प्रदेशमा १ हजार २ नमूनाको कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसिआर बिधिबाट ६५ नमूनाको कोरोना परिक्षण गर्दा ३ र एन्टिजेन बिधिबाट ९ सय ३७ नमूनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा कैलालीका २, कञ्चनपुरका ४ र प्रदेश बाहिरका १ जना रहेका छन ।यो संगै प्रदेशमा कोरोना संक्रमितका संख्या ४८ हजार ७९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशका कोरोना निको हुनेको संख्या ३८ हजार ४८ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल प्रदेशका बिभिन्न अस्पतालहरुमा १० कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ७ जना र महाकाली अस्पतालमा ३ जना उपचाररत रहेका छन ।

यसैबिच पछिल्लो २४ घण्टामा भारतीबाट सुदूरपश्चिमका नाका भएर १ हजार २ सय १० जना नेपाल भित्रिएका छन । गड्डाचौकी नाकाबाट ५ सय १६, गौरिफन्टा नाकाबाट ५ सय ६५, जुलाघाट नाकाबाट १ सय १७ र दार्चुला नाकाबाट १२ जना नेपाल भित्रिएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार उनीहरु मध्ये ९ सय ६ नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।