Close This

जर्बजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य सहित ५ जना पक्राउ

शनिबार पौष २४, २०७८/ Saturday 01-08-22
Paschim Today

कैलाली,२४ पुस । कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का  वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होम प्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो । मिलापत्र गर्ने अन्य केही जना फरार रहेको जनाएको छ ।

मसिंर १५ गते सोही ठाउँकी ७७ बर्सिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको बुझिएको छ । घटना बाहिरीने डरले अर्को दिन पीडित पक्षलाई  ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर ३ लाख मध्ये १ लाख नदिँदा घटना करिब एक महिना पछि बाहिरिएको हो ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादी सहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरू माथि अदालत बाट म्याद थपी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न र जर्बजस्ती करणी जस्तो घटना मिलाप पत्र गाउनेहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कारबाही हुने जनाएको छ ।