इलेक्ट्रोनिक्स कन्जुमर शो २०२२ : यी हुन् सार्वजनिक भएका उल्लेख्य प्रडक्टहरू

अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् ।
कोरोना भाइरस महामारीको कारण एक दिन अगावै सकिएको प्रदर्शनीमा विश्वका अन्य विभिन्न कम्पनीहरूले उपस्थिति जनाएका छन् र इलेक्ट्रोनिक्स उपभोक्ताहरू बीच धेरै नयाँ तथा स्मार्ट प्रविधिहरू पेस गरेका छन् ।
सिइएस २०२२ मा पहिलोपटक कुनै भारतीय कम्पनीले सहभागिता जनायो । भारतीय कम्पनी ब्लुसेमीले आफ्नो पहिलो प्रडक्ट EYVA सार्वजनिक गर्यो । यो एक नन इन्भेसिम कन्जुमर हेल्थ ग्याजेट हो जसले केवल ६० सेकेण्डमै रक्तचाप, ब्लड सुगर तथा इसीजीसम्मको जाँच गर्दछ ।
सिइएसमा यो पटक केवल १० सेकेण्डमा दाँत सफा गर्ने ग्याजेटदेखि खाना डेलीभरी गर्ने रोबेाटसमेत सार्वजनिक भए । खाना डेलीभरी गर्ने रोबोट एलजी कम्पनीले बनाएको हो, जसमा थ्री डी क्यामरा सेन्सर लगाइएको छ ।
सिइएस २०२२ मा सार्वजनिक केही महत्वपूर्ण प्रविधिहरु यी हुन् :
LG CLOi ServeBot
यो एक आर्टिफिसियल इन्टेलिजेन्स रोबोट हो । यसमा चारवटा पांग्रा राखिएका छन् । यो रोबोटमा तीन वटा ड्रयर छन् जसमा सामान राखिन्छ । यो रोबोटमा सेल्फ ड्राइभिङको पनि सुविधा छ ।
एलजी कम्पनीको यो रोबोटले एक पटकमा १७ किलोग्राम सम्म सामान लिएर हिड्न सक्दछ । यसको प्रयोग होटल, अस्पताल तथा रिटेल आउटलेटमा हुनेछ ।
Prinker
यो इलेक्ट्रोनिक्स शो मा Prinker ले पनि धेरैको ध्यान आकषिर्त गर्यो । Prinker एक अस्थायी टाटु डिभाइस हो जसले केवल केही सेकेण्डमै शरीरको कुनै पनि हिस्सामा टाटु बनाउन सक्दछ । वास्तवमा यो एक मिनी पोर्टेबल टाटु डिभाइस हो । यसले स्मार्टफोनमा रहेका कुनै पनि तस्वीरलाई प्रयोगकर्ताको शरीरमा पि्रन्ट गर्न सक्दछ । यसको मूल्य २०० डलर तोकिएको छ ।
Y-Brush
इलेक्ट्रोनिक्स ब्रस तथा पहिलेदेखि नै बजारमा उपलब्ध छन् तर यो पटक सिइएस २०२२ मा सार्वजनिक भएको Y-Brush निकै फरक छ । यसले केवल १० सेकेण्डमै तपाईंको दाँतको पूर्ण रुपमा सरसफाइँ गर्दछ । यो ब्रस ४५ डिग्रीको एंगलमा दाँतको सफाइ गर्दछ ।
Samsung “reestyle
सामसुङले सिइएस २०२२ मा एक पोर्टेबल डिभाइस सार्वजनिक गर्यो जसको नाम सामसुङ फ्रिस्टाइल नाम दिइएको छ । यो ग्याजेटले प्रोजेक्टर देखि स्मार्ट स्पिकर र एम्बियन्ट लाइटिङ डिभाइससम्मको काम गर्दछ । यो ग्याजेटको वजन ८३० ग्राम छ । यसको सहयोगले तपाईंले कुनैपनि ठाउँलाई मूभि स्क्रिनमा बदल्न सक्नुहुन्छ । सामसुङको यो प्रोजेक्टर १८० डिग्रीसम्म घुम्न सक्दछ ।
योसँगै सिइएस २०२२ मा सार्वजनिक भएका प्रमुख प्रडक्टहरूमा Samsung Galaxy S21 “E, OnePlus 10 Pro, Vivo V23, TCL र Nokia का फोनहरू Sony A95K QD OLED4K TV तथा LG S95QR Soundbar लगायतका रहेका छन् ।
तपाईको प्रतिक्रिया