लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार

बुधबार पौष २८, २०७८/ Wednesday 01-12-22
Paschim Today

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी भारतीय वरिष्ठ गायिका लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । कोरोना संक्रमणपछि उनलाई निमोनिया समेत भएको चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९२ वर्षीया लतालाई शनिबार मुम्बईको क्याण्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । उनलाई श्वासप्रश्वाससम्बन्धी उमेरजन्य रोग समेत भएकाले अझै १०–१२ दिन आईसीयूमै राख्नुपर्ने अस्पतालका डाक्टर प्रतीक समधनीले बताएका छन् ।

लतालाई अक्सिजन सपोर्टमा राखिएको र उनको अवस्था स्थिर बनेको चिकित्सकहरुले जनाएका छन् । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।