Close This

पुनर्वासमा रहेको फारवेष्ट स्कुलको दोस्रो वार्षिक उत्सव सम्पन्न

बुधबार पौष २८, २०७८/ Wednesday 01-12-22
Paschim Today

कञ्चनपुर,२८ पुस ।  कञ्चनपुरको पुनर्वासमा रहेको फारवेष्ट इन्टरनेशनल स्कुलको दोस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

 

पुनर्वास नगरपालिका वडा १० मा रहेको सो विद्यालयको आज एक कार्यक्रमका बिच दोस्रो वार्षिक उत्सव सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले  स्कुलको शिक्षा गुणस्तरीय हुनुका साथै सबै जनताले ग्रहण गर्न सक्ने शैक्षिक व्यवस्थापन भएकाले यस क्षेत्रको लागि  नमुना विद्यालय भएको बताए ।

उनले विद्यालयले पढाईसगै खेलकुदलाई पनि उत्तिकै प्राथमिकता राखेको भन्दै आगामी दिनहरूमा पनि शिक्षा सँगै विभिन्न क्रियाकलापमा अघि बढ्न शुभकामना व्यक्त गरे । नगरपालिका भित्र थुप्रै सरकारी तथा निजी विद्यालयहरू भएको बताउँदै प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए। कक्षा ७ सम्म पढाई हुँदै आएको सो विद्यालयमा अहिले सो विद्यालयमा ३ भन्दा बढी विद्यार्थी अध्ययनरत  छन्।

छोटो समयमै अभिभावकको मन जित्न सफल भएको विद्यालयका संस्थापक तथा अध्यक्ष काशीराम बोहराले बताए ।पढाई सगँसगै खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको बताउँदै हरेका बर्ष फारवेष्ट पेनाल्टी सुटआउट प्रतियोगिताको समेत आयोजना गर्दै आईरहेको उनले बताए । 

आगामी दिनमा पनि यसरी नै सबैको सल्लाह अनुसार अघि बढ्ने उनको भनाई छ । दोस्रो वार्षिक उत्सवको अवसरका एक हप्ता सम्म विभिन्न खेलकुदका कार्यक्रमको आयोजना गरिएको थियो । यस्तै विद्यालयले सोही अवसरमा बिभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।