Close This

सङ्क्रमण न्यून गर्न जुट्यो सरकार, सातै प्रदेशमा पूर्वाधार

बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22
Paschim Today

काठमाडौँ,२९ पुस ।  नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।

सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ । खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेश १ मा आइसोलेसन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, भेन्टिलेटर १४८, अक्सिजन सिलिन्डर एक हजार १४ थान, अक्सिजन कन्सन्ट्रेटर ६६, अक्सिजन प्लान्ट १७ र ट्याङ्क दुईवटा तयारी अवस्थामा छन् ।

प्रदेश २ मा आइसोलेसन बेड १६८०, एचडीयू बेड ६९५, आईसीयू बेड ३९६, भेन्टिलेटर १२४, अक्सिजन सिलिन्डर दुई हजार ३६८ थान, अक्सिजन कन्सन्ट्रेटर ३६, अक्सिजन प्लान्ट आठ र ट्याङ्क दुईवटा उपलब्ध छन् ।

त्यसैगरी बागमती प्रदेशमा आइसोलेसन बेड तीन हजार २८३, एचडीयू बेड ११९१, आईसीयू बेड १४२३, भेन्टिलेटर ५३२, अक्सिजन सिलिन्डर तीन हजार ६९०, अक्सिजन कन्सन्ट्रेटर १५८, अक्सिजन प्लान्ट २८ र ट्याङ्क १५ वटा तयारी अवस्थामा रहेको डा. अधिकारीले बताए ।  

त्यसैगरी गण्डकी प्रदेशमा आइसोलेसन बेड ६५१, एचडीयू बेड ४४४, आईसीयू बेड २२८, भेन्टिलेटर ८२, अक्सिजन सिलिन्डर दुई हजार ३०५, अक्सिजन कन्सन्ट्रेटर ८५, अक्सिजन प्लान्ट १७ र ट्याङ्क एउटा उपलब्ध छ ।

डा. अधिकारीले लुम्बिनी प्रदेशमा आइसोलेसन बेड ४५२, एचडीयू बेड ६४०, आईसीयू बेड २३९, भेन्टिलेटर ५६, अक्सिजन सिलिन्डर दुई हजार ७६६, अक्सिजन कन्सन्ट्रेटर ६९, अक्सिजन प्लान्ट १६ र ट्याङ्क तीनवटा उपलब्ध रहेको बताउनुभयो ।

कर्णाली प्रदेशमा आइसोलेसन बेड ६०७, एचडीयू बेड ९६, आईसीयू बेड ९७, भेन्टिलेटर ३५, अक्सिजन सिलिन्डर ४०५, अक्सिजन कन्सन्ट्रेटर ८० र अक्सिजन प्लान्ट सातवटा छन् ।

सुदूरपश्चिम प्रदेशमा आइसोलेसन बेड ७१०, एचडीयू बेड २१३, आईसीयू बेड ७२, भेन्टिलेटर ३१, अक्सिजन सिलिन्डर एक हजार ३९१, अक्सिजन कन्सन्ट्रेटर १९९, अक्सिजन प्लान्ट पाँचवटा र ट्याङ्क दुईवटा रहेको डा. अधिकारीले बताए ।