Close This

नयाँ लोक भजन ‘नारायण नारायण’ सार्वजनिक

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

काठमाडौं, ३० पुस । गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लोक भजन ‘नारायण नारायण’ सार्वजनिक भएको छ । कृष्ण भान्जाको संगीत संयोजन छ । स्याङ्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पवित्र तीर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायाङ्कन गरिएको लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालले गरेकी हुन् ।

नविन घर्तीमगरको सम्पादन रहेको भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलिना म्युजिक प्रालिले गरेको छ । गायक अर्यालले आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत् भजन सार्वजनिक गरेका हुन् ।