Close This

रोकिराखेको ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

दाङ, ३० पुस । दाङमा रोकिराखेको ट्र्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएकाछन् । जिल्लाको दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको ज्यान गएको हो । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन् ।

तुलसीपुरबाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो त्यही दिशातर्फ रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुली चोकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक फरार रहेका प्रहरीले जानकारी दिएको छ ।