Close This

सर्वदलीय बैठकमा आयोगले राख्यो ७ बुँदे प्रस्ताव

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

काठमाडौँ,३०पुस। निर्वाचन आयोगले  स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । 

बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ ।  बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

त्यसका लागि ५३२ जना प्रदेशसभा सदस्य र १४९३ जना गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिने आयोगले जनाएको छ ।  राष्ट्रियसभामा १९ पदका लागि निर्वाचन हुँदैछ ।​

अन्य प्रस्ताव तलको सूचीमा हेर्नुहोस् :