धनगढीको लक्ष्मी सहकारीद्वारा मालपोत कार्यालयलाई सहयोग

मंगलबार भदौ ३१, २०८२/ Tuesday 09-16-25
Paschim Today

धनगढी । हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण क्षति पुगेको धनगढीस्थित मालपोत कार्यालयलाई लक्ष्मी बचत तथा ऋण सहकारी  धनगढीले सहयोग गरेको छ।

सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद श्रेष्ठ र वरिष्ठ सहायक सुरेश कुँवरले कार्यालयको भौतिक संरचना विशेषगरी विद्युतीय वारिङ पुनःस्थापनाका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै, प्रबन्धक श्रेष्ठले व्यक्तिगत तर्फबाट लेखापढी समूहलाई थप ५ हजार रुपैयाँ उपलब्ध गराएका छन्।

कार्यालयको सेवा निरन्तर सञ्चालनका लागि गरिएका यस सहयोगप्रति प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौन्यालले धन्यवाद व्यक्त गरेका छन्।